site stats
बाह्रखरी :: Baahrakhari
देश
रुसी सेनामा नेपाली युवा भर्ना भएपछि सरकारले भन्यो– युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजाउ

काठमाडौं । नेपाली युवाहरू रुसी सुरक्षा फौजमा भर्ना भएको समाचार आएपछि सरकारले युद्धग्रस्त मुलुकको सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त अनुरोध गरेको हो ।  

"कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ," परराष्ट्रले भनेको छ, "यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परराष्ट्रले केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

"विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ," परराष्ट्रले विज्ञप्तिमा भनेको छ।

bigyapti1690894837.png

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्