site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्ण रुपमा ध्वस्त
फाइल तस्बिर।

त्रिवेणी (रुकुम पश्चिम) । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय वासिन्दा त्रिपालको साहारामा  चिसो रात कटाउन बाध्य भएका छन् ।

भूकम्पले घर पूर्ण रुपमा क्षति पु¥याउदा शनिबारदेखि नै त्रिपाल साहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताए । त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत शुक्रबार गएको भूकम्पले आठबीसकोट नगरपालिकाकामा चार हजार २७३ घर पूर्ण रुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ ।

नगरपालिकामा भएका जम्मा आठ हजार ६३७ घरमध्ये चार हजार २७३ घर पूर्ण रुपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो । भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ । सामान्य क्षति हुनेमा एक हजार ७०० घर छन् । त्यस्तै, स्थानीयस्तरमा उत्पादन हुने खाद्यन्नमा पनि ठूलो क्षति पुगेको छ ।

घरमा राखिएको धान, गँहु र मकै पनि पुरिएर क्षति हुनाका साथै १४ वटा भैँसी, आठवटा गोरु, ६१ वटा भेडाबाख्रा र ५७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ । गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ  । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्