site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ । यसअघि सन् २०२१ मा पहिलो संस्करण सम्पन्न भए पनि कोभिड-१९ महामारी र एन्फासँगको सम्झौता विवादका कारण दोस्रो संस्करण आयोजना हुन सकेको थिएन ।

आजदेखि पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको पहिलो दिन आज साविक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्