अर्थ व्यवसाय
दुई न्यारोबडी भाडामा लिन निगमले गर्यो टेन्डर आह्वान
काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी जहाज भाडामा लिने तयारी गरेको छ ।
निगमले मंगलबार सार्वजनिक सूचना निकालेर टेन्डर आह्वान गरेको छ । यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रह गरेको छ ।
इच्छुक कम्पनीले आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने निगमले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्