site stats
बाह्रखरी :: Baahrakhari
देश
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्