site stats
बाह्रखरी :: Baahrakhari
देश
बोलबम यात्री सवार ट्याक्टर दुर्घटना : पाँचजना घाइते
प्रतीकात्मक तस्बिर ।

सर्लाही । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलंगवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलंगवा नगरपालिका–१२ स्थित नहरमा आइतबार ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।

उपचारका निम्ति उनीहरूलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षीया छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षीया छोरी अंशुकुमारी छन् ।  तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय रामबालक राय फरार छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कंदै गरेका यात्री दुर्घटनामा परेका हुन् । रासस

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्