site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही साढे दुई लाख दिने घोषणा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही साढे दुई लाख रुपैइाँ पुरस्कार दिने घोषणा गरेको छ ।

टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलोपटक यू–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । 

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै, यूएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यू–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदै छ ।

विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुने छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्