site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले नेतामाथि कारबाही, पार्टीभित्रैबाट विरोध

काठमाडौं । नेकपा एमालेले बुधबार पार्टीका तीन नेतालाई कारबाही गर्‍यो । बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको थियो भने पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको थियो ।  

सो कारबाहीका बारेमा एमाले पार्टीभित्रै छिटपुट रूपमा विरोधका स्वर सुनिन थालेको छ । राष्ट्रिय सभाकी सांसद एवं पूर्वपराराष्ट्रमन्त्री विमला राई पौड्यालले मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्न नहुने बताएकी छिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘...गलत भयो। नेकपा एमाले बनाउने इमानदार पिलरको नाम हो, बिन्दा पाण्डे,’’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बच्चैदेखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नुहुँदैन।

विन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी ६ महिनाका लागि खोसिएको भन्दै असन्तुष्टि जनाएकी पौड्याल पूर्वउपाध्यक्ष रावलमाथिको कारबाहीबारे भने मौन बसेकी छिन् । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्