site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सभामा सांसदहरूले उठाए जनताका दैनन्दिन समस्या

विराटनगर । कोसी प्रदेशका सांसदहरूले जनताका दैनन्दिन समस्या समाधान गर्ने गरी काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदहरूले जनताका समस्या राखेका हुन् ।

सांसद कमला दर्नालले भौतिक पूर्वाधार विकासमा तेह्रथुमका विषयमा सम्बन्धित सांसदलाई जानकारी नगराइएको गुनासो गरिन् । तेह्रथुममा सडकको सूचीकरण गर्ने काम सुरु गरिएको भए पनि आफू त्यही क्षेत्रको सांसद भएर पनि जानकारी गराउने कम नभएको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"जिल्लाको विकास निर्माणका कार्यहरूमा प्रदेशका सांसदहरूको चासो हुन्छ, छुटेका सडक सूचीकृत गरिनुपर्छ," उनले भनिन् ।

सांसद विजयकुमार राईले विशेष समयमा सांसदले बोल्ने गरे पनि उठाइएका विषयमा सरकार उदासीन हुने गरेको बताए । "विभिन्न बहानामा विकासका काममा ढिलाइ गरेर जनतालाई दु:ख दिने काम रोकिनुपर्छ," उनले भने ।

सांसद शम्शेर राईले इलामको केचना–कंचनजंघा करिडोरअन्तर्गतको सडक सुधारका लागि म्याद थप गरे पनि कामको अवस्था कमजोर रहेको बताए ।‌ "सडक बनाउन क्रसर चले पनि सडकको कामले गति लिन सकेको छैन," उनले भने ।

उनले विनियोजन भएको बजेटको सही सदुपयोग गर्न सरकारको ध्यानाकर्षण पनि गरे ।

सांसद डोल्मा तामाङले बालबालिकाको मानसिक स्वास्थ्यका लागि पनि खेलकुद मैदानको उचित प्रबन्ध गर्न सरकारसमक्ष माग गरिन् ।

सांसद रोहितबहादुर कार्कीले विपन्न दलित समुदायलाई खानेपानीको सहज सुविधा उपलब्ध गराउन माग गरे‌ ।‌

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्