site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा नेपालले जित हासिल गरेकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

बुधबार (जेठ २१) राति स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय