site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
योजना अनियमितता छानबिन गर्न संसदीय विशेष समिति गठन

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारका विकास योजनामा भएको अनियमितता छानबिन गर्न मधेस प्रदेशसभाले संसदीय छानबिन विषेश समिति गठन गरेको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा विशेष समिति गठन गरेको हो । 

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले छानबिन समितिमा प्रदेशसभा सदस्यहरू केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेको घोषणा गरे ।

प्रतिपक्षी दलहरूले चालु आर्थिक वर्षका योजनामा मधेस सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय