site stats
बाह्रखरी :: Baahrakhari
कला
घनश्याम गौतमको परिवारलाई बोर्डको आर्थिक सहयोग

काठमाडौं । चर्चित हास्य कलाकार घनश्याम गौतमको परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ ।

बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत मृत्यु संस्कारमा सहयोग गर्न उनको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुसाल, सदस्यहरू  मोहन निरौला, जनकदीप पराजुली तथा कलाकार रवीन्द्र खड्काको टोलीले सहयोग हस्तान्तरण गरेको हो । 

यसअघि पनि गौतमको उपचारका लागि चलचित्र विकास बोर्डले कल्याणकारी कोषमार्फत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । 

क्यान्सरका कारण गौतमको जेठ १९ गते राति ११ः४५ बजे भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।

झापा गौरादहमा जन्मिएका गौतमले ‘नक्कली प्रचण्ड’ बनेर गरेको व्यंग्य निकै चर्चित बनेको थियो । उनी रंगथकर्म र टेलिचलचित्रमा पनि सक्रिय थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय